close

भारतमा बसलाई ट्रकले ठक्कर दिँदा ४ नेपालीको मृत्यु

भारतमा बसलाई ट्रकले ठक्कर दिँदा ४ नेपालीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा ४ नेपालीको मृत्यु भएको छ । 

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँमा  शनिबार बिहान ट्रकले ठक्कर दिँदा अन्य २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।