काठमाडौं । डोटीको जोरायल गाउँपालिकाबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले गएराति उनीहरूलाई चौराहास्थित होटेलबाट जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको हो।
उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कैलाली चुरे गाउँपालिकाका भएको प्रहरीको भनाइ छ ।
जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।