close

रोल्पा नगरपालिकामा अटो दुर्घटनामा परी एककाे मृत्यु

रोल्पा नगरपालिकामा अटो दुर्घटनामा परी एककाे मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । रोल्पा नगरपालिका–२ घट्टेखोलामा भएको अटो दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । बिहीबार साझ रा.१ ह ३०२२ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचारपश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।