close

अनधिकृत संरचना हटाउने महानगरको कार्य आज पनि जारी

अनधिकृत संरचना हटाउने महानगरको कार्य आज पनि जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरले अनधिकृत रूपमा बनाइएका संरचना हटाउने कार्यलाई आज पनि निरन्तरता दिएको छ । सोहीबमोजिम महानगरले आइतबार रत्नपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । 

नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् ।

सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ ।  यो सब-वेमा पैदलयात्रु हिँडन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । 

ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।