close

कीर्तिपुर नगरबासीलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

कीर्तिपुर नगरबासीलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाले ५० प्रतिशत छुटमा औषधि उपचार सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले भाद्र ७ गतेदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

नगरपालिका प्रमुख राजकुमार नकर्मीका अनुसार पालिकाभित्र स्थायी रुपमा बस्ने सबै नागरिकलाई सो सेवा दिइने छ । उनले उक्त सेवाले किर्तिपुर अस्पतालसँग सहकार्य गरेर सञ्चालनमा ल्याएको बताए । 

कार्यक्रम आफू कार्यकालमा रहेसम्म सञ्चालनमा ल्याउने उनको भनाइ छ । सेवा लिने व्यक्तिले नागरिकताको प्रतिलिपि, बसाइसराइ प्रमाण-पत्रको प्रतिलिपि, नाबालकको लागि जन्मदर्ताको प्रतिलिपि र परिचयपत्रको प्रतिलिपि आवश्यक पर्ने पालिकाले जनाएको छ ।