काठमाडौं। चाँगुनारायण नगरपालिकाले विद्यार्थीलाई सेनिटरी प्याड वितरण गरेको छ ।
नगरपालिकाले एक कार्यक्रम आयोजना गरी नगरभित्रका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरीयतामा वृद्धि गर्ने र छात्राको पढाइ अवरोध हटाउनका लागि प्याड वितरण गरिएको पालिकाले जनाएको छ ।
नगरपालिकाको शिक्षा शाखाकाअनुसार नगरभित्र ३४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने छात्रालाई प्याड वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।
शाखा प्रमुख वीरबहादुर खड्का अनुसार कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने एक हजार ५ सय ९७ जना छात्रालाई प्याड वितरण गरिएको हो ।