बाँके । नेपालगञ्जमा आज बिहान करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ का ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेपछि बचाउन खोज्दा बाबुको पनि ज्यान भएको हो ।
गम्भीर घाइते भएपछि नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको थियो ।