close

बाँकेमा थपिए ६ हजार मतदाता

बाँकेमा थपिए ६ हजार मतदाता

Trulli
ADVERTISEMENT

बाँके । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् ।

गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन्। उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार ४४३ र साउनको १९ गतेसम्म दुई हजार ३७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।