काठमाडौं । हेटौँडाको मनहरि गाउँपालिका–९ को खरङ्गामा एक पैदल यात्रीको मृत्यु भएको छ ।
हेटौँडाबाट मनहरितर्फ गइरहेको ना.२च ४१६१ नंको एम्बुलेन्सले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सङ्खुवासभाकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।