close

छोरा, ज्वाइँ र सालालाई नगरपालिकामा जागिर !

छोरा, ज्वाइँ र सालालाई नगरपालिकामा जागिर !

Trulli
ADVERTISEMENT

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाले पुराना कर्मचारीको करार नविकरण नगरी नयाँ नियुक्ति दिएपछि विवाद भएको छ । 

नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले पत्रकार सम्मेलन गरेर प्रमुखले आफ्नो छोरा, ज्वाइँ र सालोलाई नियुक्त गरेको बताएकी छन् ।  

करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् । 

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका उपप्रमुखको दाबी छ । 

कार्यपालिकामा निर्णय  नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइकी हुन् । 

स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाइँलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नो सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् । 

वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । 'भएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइन', उनले भने ।