close

दिक्तेल रुपाकोट नपाका दुई इन्जिनियरमाथि अभद्र व्यवहार

दिक्तेल रुपाकोट नपाका दुई इन्जिनियरमाथि अभद्र व्यवहार

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा जाहेरी दर्ता भएको छ ।

आफूलाई बन्धक बनाई बाम्राङका युवक राईले मंगलबार साँझ अपरिचितको घरमा लगेर अमानवीय व्यवहार गरेको अधिकारी र राइनले बताएका हुन् । उनीहरूका अनुसार सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पुगेको बेला दुर्व्यवहार भएको हो । 

बाम्राङ सामातुङका एक घरमा बन्धक राखेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै अधिकारी र राइनलेले बुधबार आरोपितविरुद्ध विद्युतीय अपराधको कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । 

‘जाँड रक्सी खाएर आएको, रातको समयमा कसले बाइक चलाउन दियो’ भन्दै दुर्व्यवहार गरेको अधिकारी र राइनको आरोप छ । बाम्राङ जानेक्रममा अधिकारीले वडाध्यक्ष महेन्द्र राईलाई अनुगमनमा उपस्थिति हुनका लागि फोन गरेपछि युवकले बाइक रोकेर ‘किन वडाध्यक्षलाई फोन गरिस् ? वडाध्यक्षले दिएको योजना हो ?’ भन्दै मोबाइल र बाइकको चाँबी खोसेर कुटपिट गरेको जाहेरीमा भनिएको छ ।