close

चन्द्रनहर भत्किँदा सप्तकोसी नगरपालिका डुबानमा

चन्द्रनहर भत्किँदा सप्तकोसी नगरपालिका डुबानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किँदा नगरका सबै वडामा क्षति पुगेको छ । 

नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताए । 

वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीका कारण नहर भत्किँदा अधिकांश वडा डुबानमा परेका छन् । 

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ ।

नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए । 

वर्षाले –१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताए । 

रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताए । घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उनले बताए । 

नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिए । खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन/कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पुर्‍याएको स्थानीयको भनाइ छ ।