close

कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु

कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीको  टीकापुर नगरपालिका–१  कुलाेमा डुबेर एक बालकको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार नगरपालिका-१  जमरा कुलोमा नुहाउने क्रममा  एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । 

शव परीक्षणका टीकापुर अस्पतालमा राखिएकाे उनले बताए ।