काठमाडौं । कोटेश्वरमा गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा ३६ वर्षीया भूमिका आलेमगर मृत्यु भएको छ भने एक घाइते भएका छन्।
मकवानपुरको बकैया गाउँपालिका ४ की आलेमगरको मृत्यु भएको हो । यस्तै मोटरसाइकल चालक दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका छन् ।
सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा श्रेष्ठले चलाएको बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ।