close

बिहानै नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प

बिहानै नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं र आसपासका जिल्लामा  भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकल र काभ्रेलगायत विभिन्न जिल्लामा पनि महसुस भएको बताइएको छ ।

यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।