close

खाेलाले बगाउँदा उदयपुरको त्रियुगामा एकजनाकाे मृत्यु

खाेलाले बगाउँदा उदयपुरको त्रियुगामा एकजनाकाे मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा खाेलाले बगाउँदा एकजनाकाे मृत्यु भएको छ । 

त्रियुगा नगरपालिकामा -७ कुबिण्डेका ५० वर्षीय बौवा चापागाई‌ंलाई त्रियुगा खोलाले बगाउँदा उनको मृत्यु भएको हो। 

सोमबार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्किँदै गरेका चापागाईंलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएसँगै प्रहरीचौकी सुकौराबाट प्रहरीको टोली खटिएको थियो ।

खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिब १ किलोमिटर तल उनी मृत अवस्थामा फेला पारेका थिए । 

जिल्ला प्रहरी उदयपुरका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।