काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकामा छोराको आक्रमणबाट बुबाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ६ बजे छ थर गाउँपालिका- ५ ठकुरी टोलका २४ वर्षीय टंकले आफ्नै ५३ वर्षीय भक्तबहादुर भण्डारीलाई धान कुट्ने मुस्लीले प्रहार गरेका थिए ।
छोराकोे आक्रमणपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि छथर अस्पताल पठाएइको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनामा संग्लग्न छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ ।