धनकुटा । छथर जोरपाटी गाउँपालिका-५ स्थित एउटा घर अविरल वर्षाका कारण भत्किएको छ । स्थानीय विष्णुकुमारी लिम्बुले प्रयोग गर्दै आएको भान्छा घर भत्किएको वडाध्यक्ष डिक वहादुर लिम्बूले बताए ।
घर भत्किँदा घरसगै रहेको रहेको गोठमा क्षति पुगेको छ भने रहेका ६ वटा चौपाया मरेका छन् । घटनाबाट करिब ३ लाख बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।