close

अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष बन्ने महावीर पुनको चाहना

अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष बन्ने महावीर पुनको चाहना

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गाउँपालिका अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा उठ्ने चाहना गरेका हुन् । पर्यटन प्रवर्द्धन तथा विकासका लागि उठ्ने चाहना राखेका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्लाजस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि।’ उनले उम्मेदवारी दिने चाहना राखे पनि स्वतन्त्र वा कुनै दालबाट हो भनेर केही उल्लेख गरेका छैनन् ।