close

सुकुम्बासीले गरे सडकमै सुतेर आन्दोलन

सुकुम्बासीले गरे सडकमै सुतेर आन्दोलन

Trulli
ADVERTISEMENT

काठमाडौं । सुकुम्बासीले सडकमै सुतेर आन्दोलन गरेका छन् । 

चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै  सुकुम्बासी र चुरे अभियान्ताले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद‍्को कार्यालयअगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित वन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनु पर्नेलगायत उनीहरूका माग छन् । 

सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको उनीहरूको माग छ । 

जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनसन समेत बस्दै आएका छन् ।

त्यसैगरी,  राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सप्तरीले पनि विभिन्न माग राखी जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि पनि ज्ञापन पत्र बुझाएको थियो ।