close

७ बुँदे घोषणापत्र जारी गर्दै मेयर सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

७ बुँदे घोषणापत्र जारी गर्दै मेयर सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । गत शुक्रबारेदेखि पोखरामा जारी महानगरका मेयरको सम्मेलन सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। 

सम्मेलनका सहभागी महानगरका मेयरहरूले स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन निर्माण गर्न अनुरोध गरेका हुन् । 

देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जन गर्न संघ सरकारसँग माग गरेका हुन्। 

पोखरामा भेला भएका मेयरहरूले साना–ठूला सबै पालिका एउटै कानूनले चल्नुपरेको गुनासो गर्दै संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने निर्णय गरेका हुन् । 

साथै उनीहरूले महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र सम्बोधन गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क-सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपालको माध्यमद्वारा संस्थागत गर्ने निर्णय गरेका छन् ।

सम्मेलनमा ६ महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो । आगामी सम्मेलन भरतपुरमा गरिने भएको छ।