काठमाडौं । बैतडीमा चितुवाको आक्रमणबाट एक वृद्ध घाइते भएका छन्।
शनिबार मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेश बहादुर चन्द घाइते भएका हुन् ।
मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दका अनुसार चन्दलाई घरनजिकै बारीमा चितुवाले आक्रमण गरेको हो ।
बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो। खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो । बासस्थान र आहारको कमीका कारण चितुवा मानव वस्तीमा पस्ने गरैको बताइएको छ।