close

अन्नपूर्णले वितरण गर्‍यो, वडाबाटै सामाजिक सुरक्षा भत्ता

अन्नपूर्णले वितरण गर्‍यो, वडाबाटै सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

बर्खा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तीय संस्था शाखासम्म आउन गाह्रो हुने कुरालाई महसुस गरी वडामै वृद्धभत्ता वितरणको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष भरत पुनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले सम्झौताअनुसार वडाबाटै वितरण गर्न सहयोग गरेकाले वडाबाटै भत्ता वितरणमा सहज भएको उनको भनाइ छ । 

यस्तै, उनले वडासम्म पनि आउन नपाउनेहरूलाई घरमै पुगेर भत्ता वितरण गरेको अध्यक्ष पुनले पालिका खबरलाई जानकारी दिए ।