close

खाँदबारी नगरपालिकाद्वारा एक लाख बिरुवा सहयोगको घोषणा

खाँदबारी नगरपालिकाद्वारा एक लाख बिरुवा सहयोगको घोषणा

Trulli
ADVERTISEMENT

संखुवासभा । खाँदबारी नगरपालिकाले भगिनी सम्बन्ध भएको काठमाडौंलाई वृक्षारोपणका लागि एक लाख विरुवा सहयोग गर्ने भएको छ । 

महानगरमा अवस्थित पशुपति क्षेत्र विकास कोषलाई वृक्षारोपणका लागि विरुवा दिने नगरपालिकाका नगर प्रमुख महेश थपलियाले बताएका हुन् । 
  
बिहीबार बिहान पशुपति विकास कोष परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख महेश थपलियाले यस्तो बताएका हुन् । 

उक्त घोषणाकै दिन खाँदबारी नगरपालिका ५०० बिरुवा हस्तान्तरण गरिएको थपलियाको सचिवालयले जनाएको छ ।

आजको वृक्षारोपण कार्यक्रममा मुख्यसचिव शङ्करदास वैरागी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, महानगरपालिका -७ का अध्यक्ष विनोद हाडा, वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलगायत सहभागी थिए । 

वृक्षरोपण अभियानका लागि जेबी फाउण्डेशनका अध्यक्ष जगदीश वैद्यले पनि अम्बासहित धार्मिक प्रजातिका ५१ हजार ९०० बिरुवा हस्तान्तरण गरेका थिए ।