close

गौरीगञ्ज गाउँपालिकाका २०० विपन्नलाई सुधारिएको चुलो वितरण

गौरीगञ्ज गाउँपालिकाका २०० विपन्नलाई सुधारिएको चुलो वितरण

Trulli
ADVERTISEMENT

झापा । गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब २०० घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताइन् । 

उनका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ देखि ६ सम्मका सीमान्तकृत तथा अल्पसङ्ख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो । 

धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभूति दिलाउन गाउँपालिकाले सहजीकरण गरी वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उनले बताइन् ।