close

ठमेलको कल सेन्टरमा प्रहरीले छापा, चारजना पक्राउ

ठमेलको कल सेन्टरमा प्रहरीले छापा, चारजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार  ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्ने सबै पुरुष भएको उनले जानकारी दिए । कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ ।

सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्समार्फत भारतमा ऋण दिएर मिटरब्याज असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।