काठमाडौं । कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्।
प्रहरीका अनुसार बलात्कार आरोपित लालझाँडी गाउँपालिका-२ कञ्च कसुवाका ५५ वर्षीय रामदत्त रानालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।