रुकुम पस्चिम । आठबिसकोट नगरपालिका -८ मा गएराति पहिरो झरेपछि ५ घर उच्च जोखिममा परेका छन् ।
गएराति परेको भारी वर्षाका कारण गएको पहिरोले स्याला गाउँका बस्ती जोखिममा परेको आठबिसकोट नगरपालिका -८ का वडाध्यक्ष खगेन्द्र विकले जानकारी दिए ।
आठबीसकोट नगरपालिका–८, स्याला स्थित नाउला पानीबाट पहिरो झरेको हो । प्रहरीका अनुसार स्थानीय हरिबहादुर बुढा र भीमबहादुर बुढाको आगन पहिरो आइपुगेको छ ।
त्यसैगरी आठबिसकोट -७ मा रहेको गारा - सिम्तारा वस्ती पहिरोको उच्च जोखिममा परेको छ ।