close

कल सेन्टर अपडेट : चिनियाँसहित ४१ जना नियन्त्रणमा

कल सेन्टर अपडेट : चिनियाँसहित ४१ जना नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंस्थित तीनकुनेमा चिनियाँले सञ्चालन गरेको कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ४१ जना पक्राउ परेका छन् । 

जिद्यला प्रहरी कार्यालय परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिबाट  केही मानिसलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए । 

पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । 

पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह र कैलाली घर भई सितापाईला बस्ने वर्ष १८ की सबिना दाहाल छन् । 

त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन्  ।