close

जनकपुरधाममा महिलाको साथबाट २ लाख रकम लुटिएपछि...

जनकपुरधाममा महिलाको साथबाट २ लाख रकम लुटिएपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुरमा  दिनदहाडै रकम लुटिएको छ । 

जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्सकाे साथबाट दुई लाख रुपैयाँ लुटिएको हो । 

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।

साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।