सुनसरी । बराहक्षेत्र नगरपालिका-९ मा सिसौको रुख ढलेर लाग्दा स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार कोसी टप्पु वन्यजन्तु आरक्ष घुम्ने क्रममा प्र-१-०२-०४४ प ६६८१ नम्बरको स्कुटरलाई सिसौको रुखले किच्दा धरान उपमहानगरपालिका- ११ का २८ वर्षीय धिरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखले किचेर तामाङको घटनास्थालमै मृत्यु भएको थियो भने पछाडि सवार धरानकै २८ पर्षीय संगेन्द्र विष्ट घाइते भएका छन् ।
उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।