close

चार वर्षीया बालिकामाथि सामूहिक बलात्कार

चार वर्षीया बालिकामाथि सामूहिक बलात्कार

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पर्सा वीरगन्जमा चार वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेर हत्या भएको छ ।

पर्सा प्रहरीका अनुसार बालिकाको हत्या आरोपमा १२ वर्षीय बालकसहित ३ जना पक्राउ परेका छन् भने एकजना  फरार छन् । 

साउन ५ गते साँझ ७ बजेदेखि हराएकी बालिकाको शव शनिवार बिहान वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गामा भेटिएको थियो ।
पक्राउ परेकामाथि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको घरभन्दा दुई तीन सय मिटर पर रहेको झाडीमा लगेर सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ।