close

दैलेख डुंङ्गेश्वर गाउँपालिकामा चट्याङ लागेर ११ जना घाइते

दैलेख डुंङ्गेश्वर गाउँपालिकामा चट्याङ लागेर ११ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । दैलेखको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा परेको चट्याङ लागेर ११ जना घाइते भएका छन्।

कोदो गोड्ने क्रममा दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा  उनीहरू घाइते भएका हुन् ।साथै, चट्याङ लागेर एक गाई र एक बाख्रा पनि मरेका छन् । 

अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर ११ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी दिए । 

‘हामीसँग ११ जना घाइते भएका भन्ने प्रारम्भिक विवरण आएको छ, अन्य घाइते छन् भन्ने सुनेका छौँ, प्रहरी टोली घटनास्थल पुग्दै छ’, प्रहरी प्रमुख शाहले भने। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको बताए ।