close

पिकअपले ठक्कर दिँदा बालिकाको मृत्यु

पिकअपले ठक्कर दिँदा बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

सिरहा । पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

शनिबार साँझ सिरहाको कर्जन्हा नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०१-००१ च ०३२७ नम्बरको पिकअपले  १३ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो।