close

गृहको जिप्रकालाई सर्कुलुर : अत्यावश्यकबाहेकका सरकारी गाडी बिदाको दिन चल्न नदिनू

गृहको जिप्रकालाई सर्कुलुर : अत्यावश्यकबाहेकका सरकारी गाडी बिदाको दिन चल्न नदिनू

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयले सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी सवारी साधन सञ्चालनका लागि व्यवस्था मिलाउन सर्कुलर गरेको छ । 

बिदाको दिन अत्यावश्यकबाहेकका सरकारी सवारी साधन चलाउँदा विभिन्न समूहको नाममा राेक्ने, चाबी खोस्नेलगायत काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले जिप्रकालाई सर्कुलर जारी गरेको हो । 

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ।

मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने  भएकोले सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई सर्कुलर जारी गरिएको बताए । 

यसबाहेका सरकारी गाडी चल्न नदिनु र चलाउनै परेमा सवारी पासको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।