रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका र र शुद्धोदन गाउँपालिका जोड्ने धुसुवा सुखौलीअन्तर्गत पर्ने इन्गुरिया नदीमा पुलको शिलान्यास गरिएको छ ।
उक्त पुलको संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले पुल शिलान्यास गरे ।
गैडहवा गाउँपालिका र शुद्धोधन गाउँपालिका जोड्ने धुसुवा सुखौली इन्गुरिया नदीमा ५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने गरी ११ करोड ८९ लाख ६१ २सय २२ रुपैयाँ लागत पुल शिलान्यास भएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इ–जयलाल मरासीले बताए ।