close

जोरपाटीमा ग्यास र पानीको फोहोरा

जोरपाटीमा ग्यास र पानीको फोहोरा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र पानीको फोहोरा निस्किएको छ । 

काठमाडौं प्रहरी वृत्त बौद्धका अनुसार एक घरमा बोरिङ खन्ने क्रममा प्राकृतिक ग्यास र पानी र लेदोको फोहोरा निस्किएको हो  ।

‘एक घण्टादेखि ग्यास, पानी र लेदो एकैपटक निस्किएको छ,’ प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले भने, ‘प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।’ याे कस्तो खालको ग्यास हो पहिचान भने नभएको उनले बताए । अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई जानकारी गराइने उनले बताए ।

प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् ।