close

सामाजिक सञ्जालको माध्यमबाट केटी प्रयोग गरी पैसा असुल्ने पक्राउ

सामाजिक सञ्जालको माध्यमबाट केटी प्रयोग गरी पैसा असुल्ने पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट केटी प्रयोग गरी पैसा असुल्नेहरू पक्राउ गरेका छन् ।

नक्कली प्रहरी निरीक्षकसहित अन्य दुई जना आइतबार पक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका स्थानबाट अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कल्पना बस्नेत,उनको श्रीमान कृष्णहरी खड्का र प्रहरी निरीक्षक भनिने सन्जय कार्की छन् ।

उनीहरुले केटीको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा होटल बोलाएर झुठा मुद्दामा फसाइदिन्छु भन्दै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । पीडितलाई डरधम्की देखाई ठूलो रकम माग्ने र नदिएको खण्डमा नक्कली प्रहरी निरीक्षक खडा गरी हैरानी दिने प्रहरीको भनाइ छ ।

प्रहरीकाअनुसार उनीहरुले पीडितको परिवार र आफन्तलाई सामाजिक सञ्जालमार्फत साथी बनाई प्रहरीमा निवेदन दिएको भन्दै नक्कली निरीक्षकको कुरा राखेको रेकर्ड पठाएर धम्काउने गर्दथे ।