close

करणीको आरोपमा  एक व्यक्ति पक्राउ

करणीको आरोपमा  एक व्यक्ति पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा  एक व्यक्ति पक्राउ परेका छन् । 

गुल्मीको मुसिकोट नगरपालिका १का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् । 

गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।