मोरङ । मोरङ कारागारमा कोरोना संक्रमण फैलिएको छ । केही दिनयता ३२ कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पालिका खबरलाई बताए ।
दाहालका अनुसार ३२ मध्ये १८ जनालई अस्पताल भर्ना गरिएकोमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारका १८ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।
साथै एक कैदीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको प्रजिअ दाहालले बताए । तर मृतकको स्वाब परीक्षण गर्दा कोरोना नदेखिएको प्रजिअ दाहालले पालिका खबरलाई बताए ।