close

मेरिङदेनमा चट्याङ लागेर एक जनाको मृत्यु

मेरिङदेनमा चट्याङ लागेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । 

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् ।

 घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।