close

हिमा गाउँपालिका-७ को प्रशासनिक भवन निर्माण

हिमा गाउँपालिका-७ को प्रशासनिक भवन निर्माण

Trulli
ADVERTISEMENT

जुम्ला । हिमा गाउँपालिकाको ७ नम्बर वडाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । निर्माणपश्चात बुधबार वडापालिकाको प्रशासनिक भवन गाउँपालका अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गरी गरेका छन् । 

शिक्षा, स्वास्थ्य, सडक, कृषि पर्यटनको पूर्वाधार विकास र चुस्त छिटो छरितो सेवा प्रवाहमा हिमालाई नमुना गाउँपालिका बनाउने अध्यक्ष शाहीले बताए । सबैको साथ सहयोगले विकास र सेवा प्रवाहमा हिमालाई जिल्लाकै नमुना पालिका बनाइने उनको भनाइ छ । 

नमुना र समृद्ध हिमा बनाउन र आम नागरिकलाई संघीयताको महसुशीकरण दिलाउन आफ्ना चुनावी घोषणा पत्रको अक्षरंश: पालनासमेत गर्ने प्रतिबद्धता गरे ।

सिंहदरबारको अधिकार गाउँगाउँ, घरघर र टोल टोलमा ल्याउन लागू भएको संघीयता कार्यान्वयनले गति लिँदै गएकोले यसलाई थप सुदृढीकरण गर्ने अभिभारालाई कुशसलतापूर्वक कुनै पूर्वाग्राही नराखी काम गर्नेसमेत प्रतिबद्धता गरे ।

गाउँपालिकाको ७ नम्बर वडाको भवन पालिकाको १ करोड ५६ लाख लागतमा आरएनबी विल्डसले भवन निर्माण गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

भवन बनाउन ४ जना जग्ग धनीले जग्गा दिएका थिए । उनीलाई बुधबार सम्मान गरिएको छ । जसमा जग्गा धनी जौला शाही, ऐनबहादुर शाही,गंगबहादुर शाही र सविता शाही छन् ।