close

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । बुधबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको  कञ्चनरुप नगरपालिका-५ बस्ने सुकदेव सदाकी १३ वर्षीया छोरी रजनी कुमारी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री कुमारी सदा छन् । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अत्यधिक गर्मी बढेका कारण सात/आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको निजी पोखरीमा नुहाउँन गएकामध्ये २ जनाको ज्यान गएको हो । 

सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।