close

२० लाख रुपैयाँसहित वीरगन्जबाट दुई भारतीय पक्राउ

२० लाख रुपैयाँसहित वीरगन्जबाट दुई भारतीय पक्राउ

Trulli
ADVERTISEMENT

वीरगन्ज । स्रोत नखुलेको बीस लाख रुपैयाँ रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार, पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० बस्ने सञ्जित कुमार र अनुराग मिश्र रहेका छन् ।

वीरगन्ज-१६ रजतजयन्ती चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ यु ३५०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल चालक संजितको साथबाट आफ्नो शरीरको विभिन्न भाग र हेल्मेटमा लुकाएर ल्याएको २० लाख स्रोत नखुलेको रकम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

संजितसँगै मोटर साइकलको पछाडि बस्ने अनुरागलाई पनि नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।