close

जिम्मेवारीमा रहुँन्जेल जनताको हितमा काम गर्छु : मन्त्री कुँवर

जिम्मेवारीमा रहुँन्जेल जनताको हितमा काम गर्छु : मन्त्री कुँवर

Trulli
ADVERTISEMENT

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुँन्जेल जनता र पार्टीको हितमा काम गर्ने बताएका छन् । 

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले जनताकै‌ हितमा काम गर्ने बचन दिएका हुन् । 

उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताए । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनको भनाइ छ । 

मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोधसमेत गरे । अहिले रोजगारीका लागि थुप्रै समस्या भएको भन्दै उनले आफूले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको बताए ।