close

सिन्धुली जिप्रकाद्वारा तीन ‘सिफ्ट’मा सेवा

सिन्धुली जिप्रकाद्वारा तीन ‘सिफ्ट’मा सेवा

Trulli
ADVERTISEMENT

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ । सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको हो ।

प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा सिन्धुली जिल्ला प्रशासन कार्यालयले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ। सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको हो ।

कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

सबैभन्दा धेरै गुनासो राहदानीबारे छ । प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवा व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो। यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो ।

विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ ।

कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताए । 

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ ।

बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ। प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको छ ।