close

सशस्त्रका ५७ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्रका ५७ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

Trulli
ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलका हालै पदोन्नति भएका ५७ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

त्यस अवसरमा महानिरीक्षक अर्यालले उनीहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामनासमेत व्यक्त गरे । उनले व्यावसायिक जीवनमा पदोन्नति वृत्तिविकासको महत्त्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरूमा तत्कालै बढुवा गर्ने बताए । 

उनले अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत सही मार्गनिर्देशन गर्दै व्यावसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए । 

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।