रुपन्देहीको गैडहवा गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले बजारमा मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
गाउँपालिकाले सुर्यपुरा बजार, मंगलपुर सडक, लोन्डिया सडक मेनचोक,गुलरिया चोकमा, अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले पालिकाखबलाई बताए ।
अध्यक्ष पौडेलका अनुसार गैडहवा गाउँपालिकाभित्र चोरीलगायत अपराधिक गतिविधि बढेकोले यसलाई मध्यनजर राख्दै सिसिटिभी क्यामरा जडान गरिएको हो । गाउँपालिकामा अपराधिक गतिविधिमा कमी आउने उनको विश्वास छ ।
उनले 'सुखी गैडहवा खुसी गैडहवा गाउँपालिका' निर्माणमा आफू लागिपरेको बताउँदै १ नम्बर वडादेखि ९ नम्बर वडासम्मका स्थानीयको सल्लाह-सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।