close

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसम

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमन महाशाखाले जनाएको छ ।

अहिले (सोमबार बिहान) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भोलि (मंगरबार) पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।