चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् ।
इदुल अज्हा बकर इदको अवसरमा आज (आइतबार) भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा नगरप्रमुख दाहालले यस्तो बताएकी हुन् ।
विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीलाई शासन गर्ने परिपाटी भए पनि अहिले त्यो अन्त्य भएको उल्लेख गरिन् ।
यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघीय गणतन्त्रको सुन्दर पक्ष रहेको दाहालले बताइन् ।
धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै देशमा धर्मावलम्बीबीच धार्मिक सहिष्णुता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको दाहालको भनाइ छ ।
प्रमुख दाहालले सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्नेमा जोड दिइन् ।
भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पूजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको दाहाले बताइन् ।